गठबन्धन दलको समिक्षा बैठक सुरु

मंसिर १८,कालिकोट ।  कालिकोटमा गठबन्धन दलहरुले समिक्षा बैठक सुरु गरेका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएगरेका गतिविधिका बारे बैठकमा समिक्षा हुने बताईएको छ।

समिक्षा बैठकमा जिल्लाबाट मंसिर ४ गते विजयी भएका गठबन्धनका उम्मेदवार प्रदेश सभा समस्य हिक्मत बिष्ट,दुर्गबहादुर रावत, र प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको पनि सहभागिता रहेको छ।