पचालझरनामा दुई सय ५० घर खरमुक्क्त बन्दै

श्रावण ४ कालिकोट  — पचालझरना गाउँपालिकामा दुई सय ५० घर खर मुक्क्त बन्ने भएका छन । गाउँपालिकाले आफ्नो कार्य संचालनको दोस्रो वर्षबाटै गाउँपालिकामा रहेका खरले छाएका घरहरुको विवरण संकलन गरेर खरमुक्क्त गाउँपालिका बनाउने घोषणा गरे संगै गाउँपालिकामा दुईसय घर खरमुक्क्त बनेका हुन ।

 

आगलागीको जोखिम लाई न्युनिकरण र नमुना वस्ती बनाउने उदेश्यले खरमुक्क्त गाउँपालिका बनाउने घोषणा गरेको थियो । घोषणा संगै कार्यान्वयनलाई तिव्ररता दिएपछी अहिले पचालझरनामा जम्मा दुईसय ५० घर खरको छानो हटाएर जस्तापाताले घर छाएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।

 

अध्यक्ष सेजुवालका अनुसार, गाउँपालिकाको लाफा गाउमा ५२ वटा घर खरमुक्क्त बनेको छन यस्तै गाउँपालिका स्थित वडा नम्बर १ को सिकु, खरकोट लगाएतका केही वस्तीहरु खरमुक्क्त बनिसकेका छन र अन्य वडाहरुमा पनी क्र्मश खरमुक्क्त बन्ने तयारी रहेको अध्यक्ष सेजुवालले बताए । उनले भने, ‘आफुले गरेका प्रतिवद्धता र गरेका निर्णयहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत बताए ।’