रास्कोटका दुई विद्यालयलाई पहुँचयुक्त शौचालय हस्तान्तरण

ललित विष्ट,कालीकोट।

कालीकोटको रास्कोट नगरपालिकाका दुई वटा सामदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय हस्तान्तरण गरीएको छ ।

रास्कोटको सुन्दर आधारभूत विद्यालय र मालिका आधारभूत विद्यालयलाई सुविधासम्पन्न तिन कोठे पहुँचयुक्त,लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको हो ।

विद्यालयमा शौचालयको अभाव देखेपछि अध्ययनरत छात्र र छात्रालाई मध्यनजरगरी लागि प्लान इन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको साझेदारी तथा warm nest foundationको सहयोग एवम् रास्काेट नगपालिकाकाे समन्वयमा मालिका आधारभूत विद्यालय कोलीगाँउ र सुन्दर आधारभूत विद्यालयमा पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय,हातधुने धारासहितको खानेपानी र महिनावारी आराम कक्ष समेत विद्यालयलाई हस्तान्तरण गरिएको हुरेन्डेक नेपाल कालीकोटका परियोजना संयोजक सुर्य रोकायाले जानकारी दिए ।

रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाही (पोषण) तथा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत विश्वकर्माले सुविधासम्पन्न पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय उद्घाटन गरी विधालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा बनेका सुविधासम्पन्न पक्की शौचालय,खानेपानी धारा लगायतका संरचनालाई संरक्षण गर्न सकियो भने मात्र विकास निर्माणमा थप फड्को मार्न सकिने रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)ले बताए ।

शिक्षा संगै स्वास्थ्य पनि उतिकै महत्त्वपूर्ण रहेको हुदा यस्ता सुविधासम्पन्न शौचालयलाई संरक्षण गरि प्रयोग गर्न उनले आग्रह गरे । सहयोगी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि विभिन्न क्रियाकलापमा स्थानीय सरकार साझेदारी गर्न तयार रहेको उनको भनाई छ ।

प्लान इन्टरनेशनल नेपालले विगत ६ वर्षदेखि  विद्यालय स्तरमा  याैन तथा प्रजनन स्वास्थ्यलाई  मध्यनजर गरि  हरेक वर्ष  शाैचालय निर्माण  गर्ने गरेको र आगामी दिनमा पनि शाैचालय निर्माणलाई निरन्तरता दिने गरि काम गरिरहेकाे प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशिषज्ञ विनय ज्ञावाली बताए । उनलेे विद्यालयमा शाैचालय निर्माणले विद्यार्थीहरुलाई विद्यालय आउन धेरै राहत हुने विश्वास व्यक्त गरे।

मालिका आधारभूत विद्यालयमा बाल,लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय र महिनमवारी आराम कक्ष स्थापनाकाे लागत २१ लाख ६ सय ९२.८३ रुपैया लागेको थियो । यस्तै सुन्दर आधारभूत विद्यालयको पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय,खानेपानी तथा हात धुने धार निर्माणमा २० लाख १६ हजार ५ सय ६१.७६ रुपैयामा लागत लागेको रास्कोट महिनावारी स्वास्थ्य स्वच्छता र खानेपानी, सरसफाई तथा स्वच्छत परियोजनाले जनाएको छ ।

विद्यालयमा अतिआबश्यक सुविधासम्पन्न पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण,बालमैत्री खानेपानी तथा हातधुने धारा जडान र किशोरीहरुको लागि महिनावारी आरम कक्ष स्थापनाले विद्यालयमा विद्यार्थीलाई समेत नियमितता गरेको सुन्दर आधारभूत विद्यालयका प्रध्यानाध्यापक बलप्रसाद न्यौपानेले बताए ।

उनले नवनिर्मित शौचालयले विद्यार्थी,विशेषगरी किशोरी र अपाङ्गता भएका बालबालिकामा ठूलो राहत पुगेको बताए । स्थानीय अभिभावकले पनि विद्यालयको वातावरण सुरक्षित र स्वास्थ्यकर बनेको प्रतिक्रिया दिएको उनको भनाई छ ।

शिक्षालाई गुणस्तरिय बनाउने पूर्वाधार निर्माणको पनि महत्वपूर्ण भुमिका हुने मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए । उनले किशोरीहरु महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थापन हुन नसक्दा कक्षा छोड्ने अवस्थाको सृर्जना भएको देखिएकाले शौचालय निर्माणले यसलाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । बाल बालिकाहरुलाई नियमित कक्षामा सहभागि गराउन सकेमात्र बाल विवाहका घटनाहरु न्युनिकरण हुन सक्ने उनको तर्क थियो ।

जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत विश्वकर्माले रास्कोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा नवनिर्मित शौचालयले विद्यालयका विद्यार्थीहरुमा सहज भएको बताइन् । रास्कोट नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका बताउर्दै आगामिदिनमा समेत सहयोगी दाताहरु मार्फत शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाई छ । रास्काेट नगरपालिकामा रहेका विभिन्न संरचनाहरुकाे समेत अनुगमन गरिएको छ।