स्वास्थ्य सेवा कार्यालय कालिकोटको अनुगमन

भाद्र ७,कालिकोट। कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बिसिले जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटको अनुगमन गरेको छन्। स्वास्थ्य क्षेत्रको बिकास गर्नका लागि मन्त्री बिसिले स्वास्थ्य कार्यालयको अनुगमन गरेकाहुन्।

अनुगमनका क्रममा निमित्त कार्यालय प्रमुख कटक महतले स्वास्थ्य सेवा कार्यालमा खानेपानिको अभाव,यातायातको अभाव,केही उपकरणको अभाव रहेको बताए।

डा. अप्सरा हमालले स्वास्थ्य सेवा कार्यालयमा बिशेषज्ञ सेवा उपलब्ध गराउन अनुरोध गरिनन् । उनले बिशेषज्ञ सेवा भए कालीकोट लगायत आसपासका विरामीलाई अन्यत्र रिफर नपर्ने बताईन्। अनुगमनको सिलसिलामा माननीय मन्त्री बिसीले स्वास्थ्य सेवा कार्यालय कालिकोटमा भएको जनशक्तिको अभावलाई तत्काल समाधान गर्ने बताए ।

उनले कर्णाली प्रदेश सरकारले सकेसम्म अहिलेको बिनियोजित बजेटबाट स्वास्थ्य सेवाको बिकास गर्ने बताउदै अहिले कर्णाली प्रदेश सरकारले ७०% बजेट स्वास्थ्यमा बिनियोजित गरेको बताए।

मन्त्रीसंग अनुगमनमा नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाही लगायतको उपस्थिति थियो ।