नगेन्द्र शाहीले थाले घरदैलो अभियान

 कार्तिक २०, कालिकोट।  नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही (नेश्नल)ले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन्। आसन्न मंसिर ४ को निर्वाचनमा बहुमतले जिताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तिब्र पारेकाहुन् ।

कालिकोटबाट तिनिधि सभा सदस्यका उम्मेदवार शाहीले आफै उपस्थित भएर घरदैलो अभियानलाई तिब्र बनाएका छन्। एमालेको तर्फबाट प्रदेश सदस्यका लागि कुर्मराज शाही र वीरेन्द्रबहादुर बोगटीले पनि चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तिब्रता दिएका छन्।

निर्वाचन आयोगले तोकेको सीमामा रहेर आफूले चुनावी प्रचारप्रसार गरेको एमालेको भनाइ छ । उनले नेकपा एमालेले गरेका कामहरुबाट आम नागरिकहरु खुशी भएको चुनावी प्रचारप्रसारका क्रममा नागरिकहरुबाट प्राप्त प्रतिक्रियाले जनाएको बताए । शाहीले घरदैलो अभियान खाँडाचक्र नगरपालिकामा सुरु गरेका हुन्

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन्। नेकपा एमालेसहित, नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पनि आफ्ना विभिन्न ५ वर्षे एजेण्डाहरु लिएर जनतामाझ भोट माग्न गइरहेका छन् ।

निर्वाचन आयोगले आयोगको निर्वाचन आचारसंहीता भित्र रहेर पार्टी र उम्मेदवारहरुले ¥याली, गोष्ठी, सेमिनार, सभा गर्न पाउने उल्लेख गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले निर्वाचन आचारसंहीताको उल्लंघन गरे कारबाहीको भागिदार बन्ने पनि निर्वाचन आयोगले बताएको छ ।