को हुन् तस्वीरमा देखिएका भाइरल युवा ?

श्रावण २२, काठमाडौं। सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो। केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए। २०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो।

उक्त आयोगले स्थापनादेखि असार मसान्तसम्म २१ करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछी नेकपा एमाले केपी ओली समर्थक राष्ट्रिय युवा संघले विरोध गरेको छ । राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकु म्बासी बस्तीबाट मूल सडकसम्म जुलुस निकालेको थियो । प्रदर्शनमा सुकुम्बासी भन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए ।

युवा संघको त्यही प्रदर्शनसँगै एउटा तस्बिर अहिले सामाजिक संजालमा चर्चामा रह्यो । तस्बिर भने यतिकै भाईरल भएको थिएन । घाँटीमा ठुलो सुनको सिक्री लगाएका एक युवा सुकुम्बासीको जुलुसमा सहभागी थिए । युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै भाईरल भएको थियो । उनले निधारमा कालो फेटा बाँधेर ‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

यही भाइरल तस्वीरमा देखिएका युवक सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पी’डितहरूको पक्षमा आवाज उठाउन गएको बताएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका घर भई हाल कोटेश्वर बस्ने उनको नाम वीर बहादुर श्रेष्ठ (सुमन) हो। उनले भने भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २/४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’