बाल दिवसमा कारागार भित्रका वालवालिकालाई न्यानो लुगा प्रदान, 

भाद्र २९,कालीकोट। कालीकोटको कारागारमा रहेका तीन जना वालवालिकाले आज न्यानो लुगा पाएका छन । अबिभावक अर्थात आमाको अपराधका कारणले जन्मदै करागारमा जिवन विताईरहेका तीन जना वालवालिकाले न्यानो लुगा पाएका हुन । ५७ औँ राष्ट्यि वालदिवसको अवसरमा खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्लामा क्रियाशिल गैरसरकारी सँस्थाको लगानीमा कारागारमा रहेका तीन जना वालवालिकालाई न्यानो लुगा बितरण गरिएको हो।

कारागारमा हाल आएर तीन जना वालवालिका छन । कर्तब्य ज्यान मुद्धामा कसुर ठहर भएकी राजेन्दा शाही र अनुवुढा अढाई वर्षका छोरा छोरी छन भने वहुबिवाह मुद्धामा कसुर ठहर भएकी पुति सिहंका वर्ष पाँचका छोरा गरी तीन जना वालवालिका कालीकोट कारागारमा छन । कर्तब्य ज्यान मुद्धामा कारागारमा सजाय भुक्तान गरिरहेकी लालुकी राजेन्दा शाहीवाट छोरा गोकर्ण शाहीको जन्म भयो । गर्भ अवस्थामै थुनामा परेकी लालुकी राजेन्दाले कारागारमै गोकर्णलाई जन्म दिनु भएको थियो ।

पुर्पक्षका लागि कारागारमा हुदा राजेन्दा सुत्केरी हुनु भएको थियो । अदालतले कर्तब्य ज्यान मुद्धामा राजेन्दालाई २० वर्ष कैद सजाय सुनाएको छ । यस्तै कर्तब्य ज्यान मुद्धामा कसुर ठहर भएकी अनुवुढाको कोखमा पनि तीन वर्षको छोरी छन । श्रीमान र आफु मिलेर एक जनाको हत्या गरेको ठहर अदालतमा भएपछि एक वर्ष अघि कारागार चलान हुदा अनुसंगै उहाँकी छोरी जिज्ञासा वुढा पनि कारागार भित्रै छन । कान्छी श्रमतीका रुपमा भित्रिएकी पुति सिहंका छोरा भने अहिले पाँच वर्षका भएका छन।

दुई वर्ष कैद सजाय हुने फैसला भएकी पुति सिहंले एक वर्ष कैद भुक्तान गरिसकेकी छन । न्यानो लुगा बितरणमा कारागार परिसरमा सिहंले छोराले बिद्यायल देख्न नपाएको गुनासो गर्नुभयो । हामीले गल्ती गर्यौ तर हाम्रो गल्तीले गर्दा आफ्ना वालवालिकाले पनि सानै उमेरमा वन्दकोठामा कैदी जिवन विताएको सम्झीदा आफुलाई निकै पिडा हुने गरेको वताउनुभयो ।

वालदिवसको अवसरमा लुगा बितरणमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आमा वुवाको गल्तीले गर्दा साना वालवालिका पिडित हुनु पर्ने वाध्यता भएको वताउनुभयो । उहाँले वाहिर राखौ संरक्षण गरिदिने घरका अरु अबिभावक भरपर्दा छैनन, त्यसैले पनि आमा संगै राख्नु पर्ने वाध्यताले सानै उमेरमा कारागार वस्नु पर्ने दुखद अवस्था भएको वताउनुभयो ।

प्रजिअ आचार्यले वालवालिकाको मनमा हामी कारागार छौ भन्ने महसुस नहोस र सबै हामीलाई माया गर्छन भनेर अनुभव गरुन भनेर पनि यस पालिको वालदिवसमा कारागारमा आएर वालवालिकालाई न्यानो लुगा, संगै खेलौना प्रदान गरेको वताउनुभयो । कारागार कालीकोटका जेलर कार्यालय प्रमुख नरवहादुर सार्कीले आफुहरुले पनि वालवालिकालाई पटक पटक बिभिन्न खेलौना दिने र हामी घरमै छौ भनेर महसुस गराउनका लागि रमाईलो गर्ने गरेको वताउनुभयो ।