प्लान नेपालद्धारा अस्पताललाई स्वास्थ सामग्री सहयोग

भाद्र,३कालिकोट। प्लान नेपालद्धारा कोभिड प्रतिकार्यका लागी स्वास्थ्य साम्रागी हस्तान्तरण गरिएको छ ।
बिहिवार एक कार्यक्रमको आयोजनारी गरी मान्ममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्लाअधिकारी कृष्णप्रसाद आर्चायको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यता, स्वास्थ्य सेवा व्यवस्थापक रत्नविर सुनार, प्लान नेपालका क्षेत्रिय प्रमुख मिना पराजुली,लगायतको सहभागितामा लाखौ मुल्य पर्ने अक्सिजन क्वान्टेनर,सेनिटाइजर,बिरामी व्यड, एन्टिजेन्ट किट, मास्क, लगायतका स्वास्थ्य औजार सहितका साम्रगी प्लान नेपाल लागु भएका जिल्लाका ३ वटा स्थानिय तह,रास्कोट नगरपालिका, शान्नि त्रिवेणी गाउँपालिका ,नरहरीनाथ गाउँपालिका र कोभिड अस्पतालमा पुग्ने गरी हस्तान्तरण गरिएको हो ।

प्लान नेपालको सहयोगमा जिल्लाका साझेदार संस्थाहरु, किर्डाक नेपाल,हुरेन्डेक नेपाल र सादा नेपालको सहजिकरणमा कोभिड –१९ र प्राकिृतिक विपतिमा सहयोग गदै आइरहेका छन ।

हस्तान्तरण कार्यक्रममा प्लान नेपालका क्षेत्रिय प्रमुख मिना कुमारी पराजुलीले आफुहरुले कालिकोटमा कार्याक्रम लागु भएदेखी कोभिडको महामारी देखी बाढि पहिरोमा पनी राहत र उद्धारमा सहयोग गर्दै आइरहेको स्मरण गर्नुभएको  थियाे ।

प्लान नेपालले पहिलो लहरमा सुरु भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण पनी उतिकै सहयोग गरेको थियो भने, गत वर्षको बाढि र पहिरोमा पनी राहत र उद्धारमा सहयोग गरेको थियो ।

कार्यक्रममा सझेदार संस्था सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगी,हेरेन्डेक नेपालका कोषध्यक्ष दिलिप कुमार शाही,पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट,रेडक्र्रशका सभापती बलप्रसाद संज्याल लगाएतको सह भागितामा कोभिड प्रतिकार्य साम्रगी हस्तान्त्रण गरिएको थियो ।