सेभ द चिल्ड्रेन र किर्डाक नेपाल निरन्तर सहयोगमा

असोज १७ कालिकोट। सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयात्रा परियोजानाले आईतवार जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
सेभ द चिल्ड्रेनका परियोजना संयोजक (शिक्षा) टिकाराम नेपाली र किर्डाक नेपालका परियोजना संयोजक प्रकाश शाहीले जिल्ला अस्पताल मान्म पुगेर तिन लाख सतहत्तर हजार एक सय चौध बराबरको स्वास्थ्य सामग्री डाक्टर रत्नबिर सुनारलाई हस्तान्तरण गनुभएको हो।
सामग्री बुझदै डाक्टर रत्नबिर सुनारले सेभ द चिल्ड्रेन र किर्डाक नेपालले जिल्लाका धेरै ठाउँमा स्वास्थ्य सामग्री निरन्तर सहयोग गदै आएको र स्वास्थ्य क्षेत्रमा राम्रो टोवा पुगेको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेच्छा  गरेको बताउनु भयो। कार्यक्रमामा जन स्वास्थ्य अधिकृत कटक महतले सहयोग गर्ने संथालाई धन्यवाद दिनुभयो।

यस्तै जिल्लाको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा पनि स्वास्थ्य सामग्री सहयोग गरीएको छ।दुईवटा पालिकामा चार लाख अठासि हजारको स्वास्थ्य सामग्री सहयोग गरीएको किर्डाक नेपालका परियोजना संयोजक प्रकाश शाहीले जानकारी दिनुभयो।सेभ द चिल्ड्रेन र किर्डाक नेपालले जिल्लाका धेरै स्थानिय तहमा बिभिन्न आपतकालीन स्वास्थ्य सामग्री  सहयोग गदै आएको छ।