
जाजरकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन।कर्णालीका दशवटा जिल्लालाई स्वास्थ्य सामाग्री बितरण अभियान अन्तरगत नेपाली कांग्रेस जाजरकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।
अक्सिजन कन्सेट्रटर-१,मास्क- २ हजार पीस ,पीपीई -१५० पीस, स्यानीटाइजर-५ लिटर,फेस सिल्ड -५० पीस,ग्लोब्स-२ सय पीसलगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जगतजंङ बष्टले जानकारी दिए।
नेता शाहीको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा निःशुल्क रुपमा खाना बितरण अभियान समेत संचालन भएको थियो भने उनकै पहलमा मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्ता पाता हस्तान्तरण गरिएको थियो ।
karnalipress
४ श्रावण २०७८, सोमबार १३:४२