मध्यरातमा मुगुमा ठूलो आगलागी, २० घर जलेर नष्ट

कालीकोट।मुगुमा ठूलो आगलागी भएको छ। सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी भएको हो । मुगुमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा राति साढे १२ बजेतिरआगलागी सुरु भएको हो ।

घरहरु जोडिएकाले ठूलो क्षति भएको र २० घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।आगो अरु फैलिन नदिनका लागि एउटा घरभत्काइएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन्।