
ललित विष्ट भाद्र २६,कालिकोट । लोप हुदै गएको कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा नगरपालिकाले जोगाउने थालेको छ । रास्कोट –३ को कुमाल गाउँमा नगर सरकारले लोपहुदै गइरहेको कुमाले समुदायको माटोको भाँडा बनाउन ३ महिने तालिम सुरु गरेपछी अव यहाँका कुमाले समुदायको पेषा जोगिने भएको हो ।
माटोका भाँडा बनाएरै जिवन धान्य यहाँका वासिन्दा लामो समय देखी यो पेषाबाट बिस्तापितनै भएका थिए । रास्कोट नगरपालिकाले यो लोप हुदै गएको लोपोन्मुख परम्परागत पुख्यौली पेषा जोगाउन तिन महिने माटोका भाँडा बनाउने तालिम सुरु गरेको छ ।
आइतबार वडा नम्बर ३ कै कुमाल गाउँमा तिन महिने तालिमको नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गरेका छन् । एक भव्य कार्यक्रमको आयोजना गरी नगरपालिकाले तिन महिने सिप मुलक तालिम दिन थालेपछी यहाँका स्थानिय कुमालेहरुले खुशी भएका छन् ।
माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो,दाउरा,पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको स्थानिय रन कुमालले बताए ।
माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन्। कुमाल समुदायको ३ सय १६ घरधुरी रहेको कुमालबाडामा अहिले एकै जनाले पनी यो पेष गरेका छैनन्। करिब एक एकदशक देखी यो समुदाय यो पेषाबाट विस्थापित बनेका छन् ।
स्थानीय भने,’ भाँडा बनाउन माटो अभाव,जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको स्थानियको दुःखेसो छ ।
पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । उनले भने,‘यो एउटा नगर सरकारको सानो पुख्यौली उद्योगका रुपमा हामिले लिने छौँ।’ लोप हुदै गएको नगरप्रमुख धर्मराज शाहीले बताए । स्थानिय उत्पादनलाई केही प्रयोग गरेर केही आधुनिक रुपमा शहर बजारमा निर्णयत गर्ने योजना बनाएको शाहीको भनाई छ ।
माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् । कुमाल समुदायको ३ सय १६ घरधुरी रहेको कुमालबाडामा अहिले एकै जनाले पनी यो पेष गरेका छैनन् । करिब एक एकदशक देखी यो समुदाय यो पेषाबाट विस्थापित बनेका छन् ।
स्थानीय कुमालले भने,’ भाँडा बनाउन माटो अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको उनको दुःखेसो छ ।



karnalipress
२६ भाद्र २०७९, आईतवार १९:२८