चेक किर्ते कसुरका एक जना फरार अभियुक्त ६ वर्ष पछि पक्राउ

१० कार्तिक कालिकोट।  जिल्लाको तिलागुफा नगरपालिकाका एक जना फरार अभियुक्तलाई प्रहरीले ६ वर्ष पछि पक्राउ गरेको छ । चेक कृर्ते कसुर मुद्धामा दोसी ठहरीयका तिलागुफा नगरपालिका वडा नं ७ का सरोज शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुुसार २०७२ साल बैसाख ८ गतेको फैसलाले १ बर्ष कैद र १ लाख, ६८ हजार, ५ सय रुपैया जरीवाना सुनाएका शाही हाल सम्म फरार प्रतिवादिको रुपमा रहेका थिए ।

उनलाई २०७८ साल कात्तिक ९ गते फेलापारी निजको कैद र जरीवाना असुल उपरकोलागी जिल्ला अदालत कालिकोटमा पठाइएकोे छ ।कालिकोट जिल्लामा पछिल्लो समय प्रहरीले आफ्रनो सक्रीयतालाई बढाएको छ ।