पलाँताका नागरिक सञ्चार सेवाबाट वञ्चीत

ललित बिष्ट चैत २५ कालिकोट अहिले ग्रामिण भेगका नागरीकको हातहातमा मोवाईल फोन छन् । मोबाईल फोन भएता पनि बिकट र दुर्ममका कारण बिकट गाउँमा टावर नबन्दा यहाँका नागरीकले अहिले पनि राम्रो संग सञ्चार सेवा लिनसकि रहेका छैनन्। कालिकोटको पलाँताका नागरीक टेलिफोन सेवा बाट बञ्चीत भएकाछन् । कालिकोटको पलाँता गाउँपालिकाको वडा न २ मा रहेको नेपाल टेलिकमको मोवाईल टावर संरक्षण नहुदा सेवा प्रवाहमा समस्या भएको हो ।

पलाँता क्षेत्रका नागरिकलाई सुचनाको पहुँचमा ल्याउन वडा नं २ को राडुनेटामा बनेको नेपाल टेलिकमको टावर सुचारु गर्न जडान गरिएको सोलार संरक्षण नहुदा सेवा सुचारुमा समस्या भएको छ । गाउँका तयार पारिएका टावरले काम गर्न छोडेका कारण कालिकोटको तिलागुफा नगरपालिका र पलाँताका नागरीकले राम्रो टेलिफोन सोवा लिन सकिरहेका छैनन्। वत्तीको अभावले नागरिक सञ्चारसेवा बाट बञ्चीत हुदै आएका छन् ।

टावरलाई रातदिन सञ्चालका लागि राखिएको सोलार सिस्टम संरक्षण गर्न कसैको चासो नपुगेको पलाँताका नागरिकहरू वताउछन । पलाँताका धनकर्ण बिश्वक्रर्माले टेलिकमले बनायो छोडेर गयो, फेरि रेखदेखमा आएन । यहाँका नागरिकले पनि आफनो लागि हो भनेर नवुझेका कारणले समानको संरक्षण नभएर सेवा पाउन बाटै आफुहरु बञ्चीत भएको गुनासो गरे । उनले वडा सरकारले समेत संरक्षणका लागि चासो नदिएको सनाए । सरकारले भन्दा अरुपनि सचेत हुन्थेहोला तर सरकारले नै केही भन्दैन धनकर्णले भने ।पलाताको राडुनेटामा बनेको टावर सञ्चालनको सोलारका सबै ब्याट्री काम नलाग्ने भईसकेका छन् । मौसम खराब भएका दिन पलाँताका नागरिकले फोन सेवा सञ्चालन गर्न पाउदैनन ।

सोलारका सबै ब्याट्री बिग्रेका छन,भने सोलारका पाता पनि फुटायका छन । घेरवारका लागि भनेर गाउँपालिकाले २० लाख वजेट दियो । समिति पनि बन्यो । तर समितिले काम भन्दा पनि वजेट सक्ने प्रयास गरेका कारणले संरचनाको सरक्षण हुन नसकेको स्थानीयको भनाई छ ।
पलाँताका रामराज न्यौपानेले गाउँपालिकाले योजना दिदा घेरवार सगै काँडेतार लगाउने भनिएको थियो ।

तर उपभोक्ता समितिले तोके बमोजिम काम नगरेका कारणले सञ्चारका साधन सुरक्षित हुन नसकेको बताए । उनले भने ‘भनेबमोजिम काम समितिले गर्ने र त्यसको रेखदेख सरकारले गर्ने हो । त्यो पटकै भएन त्यसैले पलाँताका नागरिकले सहजसेवा पाउन कठिन भयो ।’ गाउँपालिकाले उपभोक्ताले काम गर्न बाँकि राखेको र काम नभएमा बाँकि रकम भुक्तानी नहुने दावी गरेको छ । तर स्थानीयले भने सबै भुक्तानी समितिले पाईसकेको वाहिर जनतालाई भुलाउन भुक्तानी दिएको छैन भन्दै आएको आरोप लगाएका छन । लेखा र पलाँताका कार्यकारीले पनि त्यो भुक्तानीका बिषयमा फाईलमा हेर्नु पर्ने भन्दै संकास्पद कुरा गदै आएका छन ।