शिक्षक न्यौपानेको अभुतपुर्वक बिधाई

बैशाख ४,कालिकोट।  ४१ वर्ष शैक्षिक क्षेत्रमा क्रियाशिल शिक्षक हरिप्रसाद न्यौपानेलाई एक औपचारिक कार्यक्रमका बिच बिधाई गरिएको छ । आफ्नो शैक्षिक यात्रा पुरा गरेका शिक्षक न्यौपाने अनिवार्य अवकास भएपछि बिद्यालयले कार्यक्रमको आयोजना गरि अभुतपुर्वक बिधाई गरेको हो ।
२०१८ साल माघ १ गते साविकको सिप्खानामा जन्मीएका न्यौपाने अस्थाई रुपमा २०४१ सालमा शिक्षक पेशामा जोडिएका छन् । अस्थाई रुपमा २०४१ साल देखि २०४४ साल पुस सम्म कालिकोटको दोस्रो मावि वडिमालीका माध्यमिक बिद्यालयवाट शिक्षक पेशा सुरु भएको थियो । २०४४ साल फागुनमा स्थाई हुदा पञ्देवल मावि मेहेलमुडीमा दरवन्दी कायम भयो ।

२०४६ सालमा आफ्नै गाउँमा रहेको मोतिराम निमाबि सिप्खानामा सरुवा भयो । लामो समय मोतीराम निमाविमा अध्यापन गराएका शिक्षक न्यौपाने निमावि दृतिय भएसंगै २०५८ सालमा पुन वडिमालीका माध्यमिक बिद्यालयमा सुरुवा भए। जहाँवाट शिक्षण सेवामा प्रवेश सुरु गरे सोहि बिद्यालयबाट शिक्षक न्यौपाने अनिवार्य अवकास हुदा बिद्यालयले बृहत कार्यक्रमको आयोजना गरी बिधाई समेत गरेको छ ।

शिक्षक न्यौपानेले आफुले सेवा सुरु गरेको बिद्यालयबाटै बिधाई हुन पाउदा आफुलाई निकै खुसि लागेको प्रतिक्रिया दिएका छन् । ‘लामो समय यस बिद्यालयमा सेवा गर्ने मौका पाए, कतिलाई पढाउदा अलि चर्को वोलियो होला कतिलाई कमल वोलियो होला सबै कुरालाई सिकाईको रुपमा लिनु हुने छ भन्दै हाल बिद्यालयमा कार्यरत शिक्षकलाई समेत आफ्ना नराम्रा कुरा बिर्षन आग्रह गरे ।’ सुस्त वोल्ने शिक्षक न्यौपानेले अस्थाई र स्थाई गरी ३७ वर्ष अध्यानपन गराएका थिए ।