
माघ २०,ललित बिष्ट ।कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शुभकालिका गाउँपालिकाको राराकाटिया सडक खण्डमा भे.१.च १२६० नम्बरको गाडीले ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको हो।
शुभकालिका गाउँपालिका वडा–५ निवासि नैसिहं टमट्टाको छोरा अन्दाजी १४ बर्षीय सुनिल टमट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । ‘उनलेे भन्ने,अहिले गाडीलाइ स्थानीयले नियन्त्रणमा लिएकाछन् । आफू सहितकोटोली घटना स्थलमा जादै गरेको छ ।
घटना १२ ः १५ मा भएको थियो । गाडि चालक भन्ने फरार रहेको प्रहरीले जनाएको छ ।



karnalipress
२० माघ २०७८, बिहीबार १५:१३