असोज १३,कालीकोट। मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत रहेका जिल्लाहरु मध्ये कालिकोट एक हिमाली जिल्ला हो।यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता बिकास उन्मुख गाउँपालिका हो ।
नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स.खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ३१८.८४ वर्ग कि.मि. हेको छ ।
पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १५३०३ रहेको छ। पलाँता गाउँपालिकाको क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरुमा पुर्वमा ( जुम्लाको हिमा गाउँपालिका , सिँजा गाउँपालिका र कनकसुन्दरी गाउँपालिका , पश्चिममा (पचालझरना गाउँपालिका र बाजुराको स्वामिकार्तिक गाउँपालिका , उत्तरमा (मुगुको खत्याड गाउँपालिका र दक्षिणमा (पचालझरना गाउँपालिका र तिलागुफा नगरपालिका रहेका छन् ।
karnalipress
१३ आश्विन २०७८, बुधबार १६:३५