ब्याटमिन्टन प्रतियोगिता कालिकोटमा जारी

माघ २७,कालिकोट । कालिकोट जिल्लामा पहिलो पटक प्रदेश स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता जारी छ। शुक्रवारदेखि मान्मको कवडहलमा सुरु भएको प्र्तियोगिता आज पनी जारी छ। ब्याटमिन्टन संघ कालिकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट २१ वटा टिन दर्ता भएको ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार एक सय ११, दृतियलाई ३१ हजार एक सय ११ र तेस्रो हुनेलाई १५ हजार एक सय ११ रुपैयाँ पुरस्कार रहेको छ । कर्णाली र मध्यपश्चिममा गाउँदेखी सहरसम्म बढि जसो खेलिने भलिवल पछी कालिकोटमा पहिलो पटक ब्याटमिन्टन,कराते, किक्र्रेट लगायतका खेलहरु खेल्न थालिएको छ । आज बिहान जुम्ला,कालिकोट,सुर्खेत र दैलेखको टिमहरु विच खेल भएको थियो ।

जुम्मला र दैलेखको टिम बाहिरिएको छ भने ,सुर्खेत र सुर्खेतको टिमले फाइनल ग्याम खेल्ने छन् । कालिकोट जिल्लामा भएको खेलले कर्णालीलाई चिनाउन सफल भएको  ब्याटमिन्टन संघ कालिकोटले जनाएको छ ।फाइनल ग्यामसंगै भोली समापन कार्यक्रम हुने बताइएको छ ।

उद्घाटनमा कार्यक्रममा ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष बिरेन्द्रबहादुर शाहीको सभा अध्यक्षता,कर्णाल प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता,जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाही,कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विशामित्र संज्याल,ब्याटमिन्टन प्रदेश अध्यक्ष टक्कबहादुर शाही, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा वोगटी,नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाही, कांग्रस कालिकाट सभापती अम्मबहादुर शाही,एमाले नेता रमेश शाही, जिल्ला उपाध्यक्ष दयाराम सिम्खाडा, कमलकुमार शाही पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट,लगायतका अन्य राजनितिक दल सरोकारवाला र खेलाडीहरुको सहभागिता रहेको थियो ।खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, लगाएतले शुभकामना दिएका छन्।