जुम्ला जोडियो राष्ट्रिय प्रसारणलाईनमा

श्रावण १७,कालिकोट । जुम्लामा पहिलोचोटि राष्ट्रिय प्रसारणलाईनको बिजुली पुगेको छ । दैलेख, कालिकोटहुँदै एघार केभिए प्रसारणलाईनको बिजुली जुम्ला पुगेको हो ।

जुम्लाबाट निर्वाचित प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जोडिएसँगै यहाँका नागरिकको दैनिकी सहज हुने बताउनु भयो ।

‘यो समग्र कर्णाली वासीका लागि खुशीको अवसर हो । अब कर्णाली उज्यालो बन्नेछ ।’ उहाँले भनुभयाे , ‘विगत लामो समयदेखिको प्रयासले अहिले सफलता दिलाएको छ । अब जुम्ली जनताको जीवनमा विद्युतले परिवर्तन ल्याइदिनेछ ।’