सान्नीत्रिवेणीमा न्यायिक इजलास कक्ष स्थापना

भाद्र १०, कालिकोट । सान्नीत्रिवेणी गाउँपालीकाले न्यायिक इजालस कक्ष निर्माण गरेको छ। न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको हो। बिहिवार एक कार्यक्रमका बिच इजलास कक्षको उद्घाटन गरिएको छ।
जिल्ला सरकारी वकिल श्रीराम खनाल, गाउँपालिका अध्यक्ष महोन केसी, उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्वती सिंह, लगायतको सहभागितामा इजलास कक्षको उद्घाटन गरिएको छ।

न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको गाउँपालिकाले जनाएको छ।
नवनिर्मित इजलास कक्षको तीनवटै तहको सरकारमा न्यायिक ऐन रहेको र सोही परिधिमा रहेर जिल्लामै पहिलो पटक न्यायिक इजलाश कक्ष स्थापना गरेको संयोजक सिंहले बताइन् ।

संयोजक सिंहले संरचना नहुँदा अघिल्लो सरकारले कार्यकक्षमै बसेर न्यायिक समितिको कार्यसम्पादन गर्दै आएको तर अहिले इजलास कक्ष स्थापना हुँदा कार्य सम्पादनमा सहज हुने विश्वास व्यक्त गरिन ।

सरकारी वकिल खनालले न्यायिक समितिको कार्यसम्पादन निष्पक्ष हुनुपर्ने भएकाले इजलासमा रहेकाले पनि निष्पक्ष भएर काम गर्न आग्रह गरे ।
गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई थप व्यस्थित गर्ने र सेवाग्राहीमैत्री सेवा प्रदानका लागि इजलाश कक्ष आवश्यक रहेको गाउँपालिका अध्यक्ष केसीले बताए ।