वकिल बमको सरकार लाई चेतावनी “प्रदर्सन लाई हल्का रुप मा नलिनु “

 श्रावण १८, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय युवा संघले ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार काठमाडौंको नयाँ बानेश्वरमा विभिन्न नारा लगाएर युवा संघले प्रदर्शन गरेहो हो । युवा संघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरेको हो ।

युवा संघ का स्थाई कमिटी सदस्य वकिल बमले कार्यक्रम मा“प्रदर्सन लाई हल्का रुपमा नलिन “ सरकारलाई चेतावनी समेत दिनुभएकाे थियाे साथै बमले आफुहरुअन्या’य नसहने र न्याय कोलागि निरन्तर संघर्ष गरिरहने  बताउनुभयाे।