विपद्जन्य घटनाको जानकारी दिन, फाेन नम्बर सहित

कर्णाली प्रेस।– बिपद्जन्य घटनाको जानकारी दिन जिल्ला प्रहरी कार्यालय कालीकोटले जिल्लामा रहेका सबै प्रहरी युनिटका फोन नम्बर सार्वजनिक गरेको छ । अविरल बर्षाका कारण हुन सक्ने सम्भावित घटनाहरुको जानकारी दिन सबैलाई सजिलो होस् भन्ने उदेश्यले फोन नम्बरहरु सार्वजनिक गरिएको छ ।

गाउँ समाजमा कुनै पनि प्रकारका घटनाहरु भएमा जिल्ला प्रहरी कार्यालयको टोलफ्री फोन न १०० मा फोन गरेर आफ्ना समस्याहरु सिधै राख्न सकिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए।

शनिबार जिल्ला प्रहरी कार्यालय कालीकोटले जिल्लाका सबै प्रहरी युनिटहरुका सम्पर्क नम्बर जिल्ला प्रहरी कार्यालयको आधिकारीक फेसबुक पेज डिपिव कालीकोटमा सार्वजनिक गरेको छ ।