कालिकोटमा भीरबाट लोटेर दुइ जनाको मृत्यृ

कार्तिक ८,कालिकोट । कालिकोटमा भीरबाट लडेर दुइ जनाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका –२ का २८ वर्षिय सर्जन पाण्डेको भिरबाट लोटेर मृत्यृ भएको हो ।  पुरानो बसपार्क देखि थामकोट घर जानेक्रममा भिरबाट लडेर ५० मिटर तल खसेको अवस्थामा स्थानीयले फेला पारे पछि प्रहरी काहाँ जानकारी गरेका थिए।
यस्तै जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–५ का ६५ वर्षका लाले तिरुवाको पनी लोटेर मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै घरको आगनबाट तल खस्दा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ ।