
कालिकोट ।कालीकाेटकाे पलाँता गाउँपालिका २ लार्फा गाउँका नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ । पालिका सरकार आए पनि आफूहरूको पानीको समस्या अहिलेसम्म समाधान नभएकाे अमनि विश्वकर्माले बताउनुभयाे ।
‘यहाँका सबै टोलका नागरिकले पानी भर्ने ठाउँ लार्फा गाउँ हो, म बिहानैदेखि पानी लिन आएकाे हुँ, पालोमा बस्नुपर्छ, पालाे मिचिएमा झगडा हुन्छ । वडाध्यक्षले केही गरेनन्, हामीलाई पानी भएको भए केही चाहिँदैन थियो’, उहाँले सुनाउनुभयाे ।
पानी लिन जानुभएका अर्का व्यक्ति जितन विश्वकर्माले पनि आफू पालोको पर्खाइमा रहेकाे बताउनुभयाे ।
यस विषयमा पलाँता गाउँपालिका २ का अध्यक्ष बिरि कामीसँग साेध्दा गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेकाे उहाँले बताउनुभयाे । उहाँले अबकाे १५ दिनमा लार्फा गाउँका एक घरमा एक धारा तयार पार्ने दाबी गर्नुभयाे ।




karnalipress
२० कार्तिक २०७८, शनिबार १९:४९