प्रहरीले ग¥यो हरियो गाँजा फडानी

साउन २०,कालिकोट । प्रहरी चौकी पादमघाटले उम्रेको अवैध गाँजा नष्ट गरेको छ । कालिकोट जिल्लाको महावै गाउँपालिका –१ कुनौटामा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरेको हो ।

कालिकोट प्रहरीले अवैध रुपमा रहेको गाँजा प्रयोग नहोस् भनेर शुक्रवार समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत प्रहरी नायब निरिक्षक सुर्यबहादुर शाहीको प्रहरी टोलीले १ सय रोपनिमा प्राकृतिक रुपमा आफै उम्रेको अबैध गाँजा नष्ट गरीएकोे छ ।

वर्षेनी शुभकालिका,महावै,पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।

गाउँघर,सडक आसपासमा गाँजा फैलिएको सूचना प्रहरीले पाएपछि समुदायसंगको सहकार्यमा प्रहरी टोलीले नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख सुबराज बमले बताए । उनले भने ‘अवैध गाँजा नष्ट गर्ने क्रम जिल्ला भर सञ्चालन गरिने छ ।’