माओवादी केन्द्रको पालिका अधिवेशन सम्पन्न

कालीकोट।  नेकपा माओवादी केन्द्रले हिजो एकैसाथ देशै भरीका ७५३ पालिकाको अधिवेशन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार पालिका स्तरका अधिवेशन गर्न लागेको हो । नेकपा माओवादी केन्द्र कालीकोटले सबै पालिकाको अधिवेशन गरीसकेको छ । नौ स्थानीय तहको अधिवेशन सकेको सो पार्टीले जनाएको छ ।

 वडा अधिवेशन देखि माओवादी केन्द्रले पार्टीको कुनै पनि पदमा आएर काम गर्न पाउने तर पार्टी निर्देशन बिपरित चुनाव लढ्न नपाउने भन्दै सबै तहमा निर्देशन समेत गरेको छ । वडामा धेरै अध्यक्षका आकाँक्षीहरु थिए । तर अन्तमा वडा अधिवेशनमा खटिएका नेताहरुले केन्द्रीयता लगाएर वडा अध्यक्ष र सबै समितिको चयन गरेका थिए ।

त्यसैको सिको पालिका अधिवेशनमा पनि हुने भएको छ । सबै स्थानीय तहमा सहमतीय प्रणालीवाट नेतृत्व चयन गर्ने योजना माओवादी केन्द्रको छ । यस भन्दा अगाडी माओवादी नेता तथा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाही, राष्ट्यि सभा सदस्य जिवनवहादुर वुढा, सघिय सांसद दुर्गवहादुर रावतले सहमतीय प्रणाली भन्दा वाहिरको कुनै पनि प्रर्णालीका वारेमा नसोच्न सबैलाई निर्देशन गरि सक्नु भएको छ ।

 खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा सहमतीय नेतृत्व चयन हुने नेताहरुले वताएका छन । नेकपा माओवादी केन्द्र कालीकोटका अध्यक्ष धनजित शाहीले सहमती वाटै पालिका स्तरका अधिवेशन सम्पन्न हुने वताउनुभयो । उहाँले पलाँता र पचालझरना गाउँपालिका, तिलागुफा नगरपालिकामा सहमती कै आधारमा नेतृत्व चयन गरिएको वताउनुभयो ।