तिलानदीमा नुहाउने क्रममा दुई जना बालक बेपत्ता

चैत्र ४,कालिकोट । तिलानदीमा नुहाउने क्रममा दुई जना बालक बेपत्ता भएका छन्। बिहीबार कालिकोटको महाबै गाउँपालिका स्थित तिलानदीमा नुहाउने क्रममा दुई जना बालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुने बालकहरुमा महाबै–५ गेलाका १७  वर्षीय अपिल भट्टराई र विपिन भट्टराई  रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। महाबै गाउँपालिका स्थित तिलानदीमा बेपत्ता भएका बालकहरुको खोजी कार्य भईरहेको छ । स्थानियले नदीमा बगेको देखेपछि आफन्त र प्रहरीलाई खवर गरेका थिए ।