आठविसलाई सबैको हातेमालोबाट अगाडी बढाउनुपर्छ: उपमेयर थापा

जेठ २१,कालिकोट । दैलेखको आठबिस नगरपालिका उपमेयर कल्पना कुमारी थापाले सबैको हातेमालोबाट आठबिस नगरपालिकालाई सञ्चालनको बातावरण सिर्जना गर्नुपर्ने बताएकि छन् ।

जिल्लाकै पश्चिमक्षेत्रमा रहेको तथा गरिबि र अशिक्षाबाट गुज्रिरहेको आठबिसलाई सबैको सल्लाह र अनुभवका आधारमा रुपान्तरणको प्रयास गरिरहेको उनको भनाई छ ।

उपमेयर थापाले आफु राजनितिबाट समाजसेवाको पाटोलाई अगाँल्दै अगाडी बढेको र नगरपालिकाको नेतृत्व समाल्दै गर्दा विगतमा कुनै अनुभव नभएकोले सबैको सल्लाह बमोजिम महिला बालवालिका लगाएत पिछडिएको वर्गको हितमा काम गर्नेमा जोड दिएको बताईन् ।

विधि र नियमका आधारमा रहेर न्यायिक पाटोलाई अगाँल्ने बताउदै अशिक्षाको कारण घरेलु हिंसा हुने गरेको र महिलालाई आर्थिक रुपमा सबल बनाउदै चेतना वृद्धिका कार्यक्रमहरु सिर्जना आवश्यक रहेको भन्दै त्यसको लागी विशेष कार्यक्रम तयार गर्ने उनको भनाइ रहको छ ।

आठबिस नगरपालिकाकाे बिकासमा बिशेष जाेड् दिदै नगरपालिकाका हरेक नागरिकका आवश्यकता पुरागर्ने गरि सबैकाे हितमा काम गर्ने बताएकि छन् । शुक्रबार आठबीस नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुको बिदाई कार्यक्रममा यस्तो बताएकि हुन्।