कालीकोटमा १० दिन निषेधाज्ञा थप 

ललित बिष्ट श्रावण २१,मान्म। कालिकोट जिल्लामा कोरोना महामारीको सङ्क्रमण रोकथामका लागि थप १० दिन निषेधाज्ञा गरिएको छ। साउन २२ गते राति देखि लागुहुने गरी भदौ १ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देविन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कालिकोटमा कोभिड–१९ महामारीको सङ्क्रमण जोखिम कायमै रहेको र रोकथामका लागि निषेधाज्ञा थप गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै भेला, जुलुश,¥याली,सभा सम्मेलन गर्न नपाउने,शैक्षिक संस्था,तालिम गोष्ठी,सञ्चालन गर्न नपाउने साथै विबाह,ब्रतबन्ध,पुजापाठ एव धार्मिक कार्यहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी २५ जना मात्र सहभागि हुन पाउने श्रेष्ठले बताउनुभयो ।

जिल्लामा जनस्तरबाट स्वास्थ्य मापदण्डको पालना प्रभावकारी रुपमा नभएको गुनासो बढीरहेको छ । जिल्लामा आवतजावत गर्ने नागरीकको भिडभाड कायमै भएको र भेला गोष्ठी सञ्चालन भएको हुँदा सङ्क्रमण बढ्न सक्ने स्थानिय तपेन्द्र थापाले बताउनु भयो।

यस्तो छ निर्णय