
फागुन १७, कालिकोट । कालिकोटमा बैक तथा वित्तीय संस्थाविरुद्धमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम मान्म बजारमा चर्को ब्याज लिएर नागरिकलाई ठगी गर्ने बैक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेको हो।
महंगी, भ्रष्टाचार, वित्तीय संस्था र बैंकको शोषणका साथै मिटरब्याजीको आतंक बन्द गराउन खबरदारी स्वरुप विरोध प्रदर्शन गरेको पार्टीका जिल्ला सेक्रेटरी शाहा सीले बताए।
मान्म बजारमा विरोध र्यालीपछि प्रतिमा चोकमा आयोजित सभामा पार्टीका नेता बिराट सीले नागरिकलाई लुट्ने मिटरब्याजी, बैंक तथा वित्तीय संस्थाहरुलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताए।
बैंक र वित्तीय संस्थाको आतंक रोक्न सरकारले तत्काल उचित कदम नचाले आफूहरू सशक्त संघर्षका कार्यक्रमसहित आउने नेकपाले जनाएको छ।



karnalipress
१७ फाल्गुन २०७९, बुधबार ११:५३