
साउन ७काठमाडौँ ,विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिल शर्माले अर्को एउटा अस्पताल किनेका छन् ।केएमसी किनेको झन्डै तीन महिनापछि नै डा. शर्माले नेपालगन्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर २०० करोडमा किनेका हुन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत स्वामित्व ग्रहणका लागि सम्झौता भइसकेको छ । उनका अनुसार भदौँ भित्र कानुनी प्रक्रिया पूरा हुनेछ ।यससँगै शर्मा तीनवटा मेडिकल कलेजसहित चार अस्पतालका धनी बनेका छन् । शर्मा पिपुल डेन्टल कलेज काठमाडौँको सञ्चालक पनि हुन् । पिपुललाई पनि मेडिकल कलेज बनाउने उनको तयारी छ ।



karnalipress
७ श्रावण २०७८, बिहीबार २०:३७