कालीकोटका नौ वटौ पालिकाले ल्याए बजेट

असार १२,कालिकोट। कालिकोट जिल्लाका नौ वटै स्थानीय तहले सभा मार्फत आगामी वजेट प्रस्तुत गरेका छन् । जिल्ला भरी चार अरब २२ करोड वजेट प्रस्तुत भएको छ । नौ वटै स्थानीय तहले सार्वजनिक वजेटमा चार अर्व २२ करोड ३१ लाख ९६ हजार २८८ रुपियाँ उल्लेख छ ।

जिल्लाको तिलागुफा नगरपालिकाले सबै भन्दा वढि वजेट ल्याएको छ । नगरपालिकाले ११ औँ नगरसभा मार्फत लोकप्रिय बजेट, नीति तथा कार्यक्रम सार्बजानिक गरेको छ । तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायको अध्यक्षतामा भएको स्थानिय सरकारको दोस्रो कार्यकालको प्रथम नगरसभामा नगर उप–प्रमुख महेन्द्रबहादुर शाहीले लोकप्रिय बजेट, नीति तथा कार्यक्रम सार्बजानिक गरेका हुन्।

कुल ६१ करोड ९० लाख ६४ हजार ५२६ अनुमानित बजेट सार्बजानिक गरिएको छ । तिलागुफामा बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक, युवा रोजगारी र उद्यमशीलताालाई विशेष प्राथमिक्ता दिएको छ ।

उत्कृष्ट व्यवस्थापन गर्ने बिद्यालय र उत्कृष्ट अंक ल्याउने चार जना बिद्यार्थीलाई छात्रबृति,नगरबासीको स्वास्थ्य बिमामा ५० प्रतिशत नगरले बेहोर्ने, ७० बर्ष माथिका जेष्टनागरिक र गर्भवतिलाइ निशुल्क एम्बुलेन्स सेवा, फरक क्षमता भएका बालबालिकाहरुलाई घरमै बिद्यालय, बालबिबाह, बाल हिंसा न्युनिकरण, बालमैत्री भौतिक संरचना निर्माण, बालमैत्री नगर घोषणा, बालहित कोषको निरन्तरता, बढी कर तिर्ने करदातालाई सम्मान गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै खाँडाचक्र नगरपालिकाले ६० करोड ६३ लाख ९३ हजार ६९३ रुपिँयाको वजेट प्रस्तुत गरेको छ । खाँडाचक्रले पनि शिक्षा कृषि र पुर्वाधार बिकासमा जोड दिएको नगरप्रमुख कमल शाहीले बताए ।

तेस्रो नम्वरमा वजेट ल्याउनेमा नरहरीनाथ गाउँपालिका परेको छ । नरहरीनाथ गाउँपालिकाले ५५ करोड ८१ लाख दश हजार रुपियाँ वजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर बिष्टले वजेटको दायरा सानो भएपनि सबै क्षेत्र समेट्ने प्रयास भएको बताएका छन् ।

रास्कोट नगरपालिकाले ४९ करोड ५६ लाख ५६ हजार वजेट ल्याएको छ । यस्तै पलाँता गाउँपालिकाको ४१ करोड, ६५ लाख ५४ हजार वजेट ल्याएको छ।,सान्नी त्रिवेणी गाउँपालिकाको ४० करोड ४० लाख वजेट ल्याएको छ।

सान्नी त्रिवेणी गाउँपालिका उपाध्याक्ष पार्वतीसिहं सज्यालले नागरिक संग उपाध्याक्ष कार्यक्रम र अध्यक्ष संग जोडिएका केही योजना मार्फत नागरिकलाई सेवा दिन चाहेको बताईन् । अध्यक्ष महोन केसिले सरकार भनेर पुराना सरारकारले गरेका गलत कामलाई जोगाउने आफ्नो मनसाय नभएको भन्दै गलतमा साथ दिन अनुरोध गरे।,पचालझरना गाउँपालिकाको ४२ करोड, ९० लाख ४७ हजार ६९३ रुपियाँ पुस्तुत गरेको छ ।  उपाध्याक्ष अल्कीना बमले महिला केन्द्रीत कार्यक्रम राखेको बताएकिछन् ।

यस्तै जिल्लाको महावै गाउँपालिकाले २९ करोड ४४ लाख ३६ हजार ६ सय ४० रूपैयाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको अध्यक्षतामा शुक्रबार समपन्न गाउँसभाले सो वजेट प्रस्तुत गरेको हो।

महावैले सबै भन्दा वढि वजेट केन्द्रीत शिक्षा क्षेत्रमा गरेको छ। शिक्षामा दुई करोड ४० लाख ७० हजार बिनियोजन गरेको छ । शुभकालिका गाउँपालिकाले ४० करोड १७ लाख ५६ हजारको वजेट प्रस्तुत गरेको छ । सबै जिल्लाका नौ वटै स्थानीय तहको वजेट चार अर्व २२ करोड, ३१ लाख ९६ हजार २८८ रहेको छ ।