आगलागी पिडितलाई तीन लाख ८० हजार राहत

ललित विष्ट
आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले तीन लाख ८० हजार राहत दिएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकबाट तीन लाख ८० हजार राहत दिने निर्णय गरे अनुसार आज नगर प्रमुख कमल बहादुर शाही नगर उपप्रमुख गणेश बहादुर शाही,प्रमुख प्रशासकीय अधिकृत प्रवलजंङ शाहीले शुक्रबार जलेर घाइते भएका बाबु–छोरीको उपचारका लागि सहयोग स्वस्प चेक हस्तान्तरण गरेका हुन्।

नन्दरामका बाबु–छोरी शुक्रबार खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागीबाट घाइते भएका थिए । घाइते हेमन्तीको मृत्यृ भएको अस्पताल स्रोतले जनाएको छ । भने नन्दराम चौलागाईंको उपचार हुदै छ । आगोले जलेर ४५ मध्ये ४३ बाख्रा मरेका छन् भने १० वटा बाख्रा घाइते भएका छन् । बाख्रा जले–नजलेको हेर्दै आगो निभाउने क्रममा उनीहरुलाई आगोले पोलेको थियो । घाइतेको ६० प्रतिशत शरीर जलेको छ । परिवारलाई सान्तना समेत दिदै स्थानीय सरकार भएको अनुभुती दिलाएका छन्। स्थानीय सरकार साथमै भएकोले परिवालाई बिचल्ली नहुन आग्रह समेत गरेका छन् ।