कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ मा एक शिक्षकले बिद्यार्थीको कानको जाली समेत फुटाएका छन । रुपादेवि माध्यमिक बिद्यालय कक्षा ८ मा अध्यानरत छात्र बिरेन्द्र बिकलाई शिक्षक प्रकाश शाहीले कुटेर काँनको जाली समेत फुटाएको पाईएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा डाक्टर जितेन्द्र महत्वले आफुले रेफर गरेको पत्रमा कानको जाली नै फुटेका कारणले यहाा उपचार सम्भव नभएकाले नेपालगन्ज लैजान भनेर लेखिएको छ । सामान्य हो भनेर उपचारका लागि आएका वेला छात्रको काँनको जाली फुटेको परिवारका सदस्यले डाक्टरवाट कुरा सुनेपछि उनिहरु कानुनी उपचारका लागी इलाका प्रहरी कार्यालय कुमालगाउँमा समेत पुगेका छन ।
प्रह्रीलाई जाहेरी दिदै छात्र बिरेन्द्रले आफुले केही काम नबिगारेको कक्षा कोठामा पढिरहेको वेला आएर निर्घात कुटपिट गरेको उल्लेख गरेका छन । इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव निरिक्षक दौतल सिहं भण्डारीले वालकको जाहेरी दर्ता भएको र घाउँकेस फारक रिर्पोटका लागी प्राथमिक स्वास्थ्य केन्द्र कुमालागाउमा पठाएको वताउनुभयो ।
उहाँले उजुरी आएपछि हामीले त्यसको छानविन अगाडी वडाएको सुनाउनुभयो । उता रुपादेवि माध्यमिक बिद्यालयले भने एक प्रेस बिज्ञाप्ती छात्रको आमाले बिद्यालय हातामा आएर शिक्षक शाही माथि दुरब्यवहार गरेको वताएको छ । बिद्यालयको हातामा आएर आफ्नो छोरालाई कुटपिट गरेको निउमा शिक्षकलाई आक्रमण गर्नु कानुन बिपरित भएको भन्दै आफुहरु पनि कानुनी निकायमा जाने बिज्ञाप्तीमा उल्लेख छ ।
karnalipress
२५ आश्विन २०७८, सोमबार १८:५५