
साउन ११,कालिकोट । कालिकोटको पलाँता गाउँपालिका-२ मा मिनी ट्रक दुर्घटना हुदा ११ जना घाइते भएका छन् । थिर्पुदेखि बालुवा लगेर वडानम्बरको राडुनेटातर्फ जाँदै गरेको क.प्र.००१ क ०१६२ नं.को मिनी ट्रक दुर्घटना भएको हो।
घाइते हुनेमा पलाँता गाउँपालिकाकी जिबिका न्यौपाने, मैना दमाई, झुप्री बम, ललिता बिश्वकर्मा, अमुना रोकाया, अमनकला कामी,चन्दा प्याकुरेल, नेना दमाई, कमला प्याकुरेल, ज्ञानेन्द्र दमाई, अम्बिका प्याकुरेल घाइते भएका छन् । घाइते हुने सबै वडानम्बर २ का हुन्।
उनीहरुको पलाँता अस्पताल थिर्पुमा उपचार भईरहेको प्रहरी जनाएको छ। मिनी ट्रकका चालक फरार रहेकाे प्रहरीको भनाइ छ
karnalipress
११ श्रावण २०८०, बिहीबार २१:०६