
ललित बिष्ट श्रावण १,कालिकाेट। जिल्लाका स्थानीय तहले कोरोना भत्तामा बितरणमा चरम लापर्वाही गरेको पाईएको छ । कोरोना सङ्क्रमण भएकालाई सरकारले भत्ता दिन वजेट पठाएपछि स्थानीय तहले बितरण गरेका थिए । तर बितरणमा कोरोना सङ्क्रमित भन्दा पनि सङ्मित नभएकाको लिस्ट पेश गरेर बितरण गरेको पाईएको हो ।
नक्कली कागजपत्र वनाउदै कोरोना सङ्क्रमण भएको भन्दै जनही दश हजारका दरले भत्ता बितरण भएपछि वास्तविक संङ्क्रमितले बिरोध गरेका छन । शान्नीत्रिवेणी गाउँपालिकाले तयार पारेको भत्ता पाउने लिस्ट वैँक नजादै सार्वजनिक भएपछि बिरोध भयो । एकै घरका चार जना सम्म र ति पनि कोरोना सङ्क्रमण नभएको पाईएपछि गाउँपालिकाले बितरण नगरेर रोकेको छ ।
गाउँपालिका अध्यक्ष महोनवादुर केसिले जानकारी मुलक पत्र लेख्दै बिवाद भएकाले फेरी सत्यतथ्य जाँचवुज गरेर पठाउन दिर्नेशन समेत दिए। सबै भन्दा फर्जि लिस्ट शान्नीत्रिवेणी गाउँपालिका वडानं १ र २ मा देखिएको स्थानीयको गुनासो छ । वडानं २ का स्थानीय अनिलवहादुर वुढाले कसैलाइ जानकारी नदिएर वडापालिकाले आफुखुसि लिस्ट तयार गरी गाउँपालिका पठाएको जानकारी पाएपछि खोजि गर्दा वडाका ४० जना भन्दा वढी कुनै पनि हिसावले प्रवाबित नभएको पाएको बताए।
उपाध्यक्ष पार्वती सिहं सज्यालले वडावाट आएको लिस्टलाई फेरी संसोधन गरेर बितरणको तयारी भईरहेको बबताईन् । रास्कोट नगरपालिकाले ४९० जनालाई जनही दश हजारका दरले ४९ लाख बितरण गरेको छ । नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले कोरोना सङ्क्रमति मात्र होइन कोरोनाका कारणले रोजगारी गुमाएकालाई समेत दिने कार्यबिधिले वोलेकाले अरु पनि समेटिएको बताए।
रास्कोट अस्पतालका प्रमुख डाक्टर भोजराज बमले आफुले दिएको लिष्ट र वडावाट आएको बिवरणका आधारमा रकम बितरण भएको बताए। धेरै फोन गरेर भन्दैछन, हामी छुट्यौ भनेर तर माथिवाटै ४९० जनाका लागि मात्र वजेट आएकाले त्यही अनुसार बितरण भएकाले अरुले पाउने सम्भावना नभएको बताए। रास्कोटमा स्थाई कर्मचारीले समेत रकम वुझेका छन ।
रास्कोट ३ का कर्ण कुमालले आफ्नै वडामा कोरोना पनि नभएका र गरिवीको लिस्टमा समेत नभएकाले भत्ता पाएको बताए। पचालझरना गाउँपालिकाका लेखापाला पुर्णप्रसाद काफ्लेका अनुसार आफु्नो पालिका भत्रिका ३१४ जनालाई जनही दश हजारका दरले कोरोना जोखिम भत्ता दिएको बताए। आधार वडाले छनोट गरेको लिस्टका आधारमा खातामा जम्मा गरिदिएको काफ्लेले बताए।
नरहरीनाथ गाउँपालिकाले छनोट गर्न नसकेर अहिले सम्म बितरण गरेको छैन । स्वास्थ्य शाखा प्रमुख अमर वटालाका अनुसार गाउँपालिकाले आफै छनोट गर्ने भन्यो । हामीसंग कुनै सल्लाह गरेन त्यसैले बिवाद भएर रोकेको बताए।
स्थानिय तहमा कोरोना सङ्क्रमीत भन्दा दोब्बरले रकम वुझेका छन । रास्कोट नगरपालिकामा जम्मा सङ्क्रमित २६० जना हुन तर रकम ४९० जनाले लिएका छन । पचालझरनामा सङ्क्रमित ७५ जना हुन तर रकम ३१४ जनालाई दिईएको छ ।
जिल्लाभर सङ्क्रमितको संख्या दुई हजार ६२४ जनाको छ । त्यसमा दश जनाको मृत्यु भईसकेको छ । तर रकम भने आफुखुसि बिना माप्दण्ड बितरण गरेको भन्दै चौतफि गुनासो छ । कार्यबिधिले कोरोना कारणले प्रभावित गरिव तथा रोजगारी गुमाएकालाई दिन भनेको भएपनि त्यस अनुरुप नभएको गुनासो छ ।



karnalipress
१ श्रावण २०७९, आईतवार २०:४५