पहिचान नखुलेको मृतक लास फेला

चैत २९,कालिकोट। जिल्लाकाे तिलागुफा नगरपालिका वडा-२ कैलासल्ला राहदह वनमा पहिचान नखुलेको मृत लास फेला परेकाे छ।

अन्दाजी ४०/४५ बर्षका नामथर नखुलेका एक पुरुषको मृतलास बेबारिसे अबस्थामा स्थानियले फेला पारेका हुन् ।

चैत २८ गते साेमबार बिहान अन्दाजी १०:३० बजेको समयमा  वनमा पहिचान नखुलेको मृत लास फेलापरे पछि स्थानीयले प्रहरी कार्यालय कालिकोटमा जानकारी गरेका थिए।

जानकारी पछि  जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलिले घटनास्थलमा गई पहिचान नखुलेको मृतक लासको घटनास्थल जाँचगरि  मुचुल्का गरि अनुसन्धान कार्य सम्पन्न गरी मृतक लासलाई जिल्ला अस्पताल मान्मको शव गृहमा राखिएको प्रहरी कार्यालयले जनाएको छ।

बर्ण गहुगोरो,पातलो शरीर, कपाल लामो पालेको, उचाई ५ फिट २ ईन्च, शरिरमा माथि कालो हुक, सेतोमा हरियो धर्का भएको सट, रातो टिसर्ट तल निलो जिन्स पाईन्ट लगाएको पहिरन हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिने अन्दाजी ४०/४५ बर्षको हाल नाम थर नखुलेको पुरुष व्यक्तीको सडेगलेको  लास रहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।