नेपाली काँग्रेस नेता भुपेन्द्रको संघर्षको जीवन कथा

असाेज २८,कालिकोट । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भूपेन्द्रजङ्ग शाही पछिल्लो समय निकैनै सम्भावना बोकेका युवा राजनीतिकर्मीमा पर्छन । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा सानै उमेरमा सांसदको दुईदुई पटक टिकट पाउने भाग्यमानी युवा मानिन्छन शाही । अर्कोतर्फ दुबैपटक पराजित हुदा सांसदर र मन्त्री बन्ने अवसर भने उनले गुमाएका थिए ।

राजनीतिलाई समाज सेवा ठान्ने नेता शाही अर्का दुख देख्न नसक्ने युवा नेता हुन् । उनले लकडाउन्मा हजारौंलाइ खादन्न सहयोग गरे भने, मेलम्चीका बाढिपहिरो पीडितलाइ तत्काल सहयोग गरे । उनले पछिल्लो समयको लकडाउनमा १० हजार बढिलाइ निशुल्क खाना बितरण गरे । आफ्नो स्वास्थ्यमा गम्भिर सम्स्या भएपनि निरन्तर समाजिक र राजीतिक कार्यक्रममा सहभागी भइरहे ।

नेपालको दुर्गम मानिएको कालिकोटबाट आएर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाइरहेका शाहीले कसरी राजनीति सुरु गरे रु कहाँबाट प्रारम्भ गरे र अहिलेसम्म के के काम गरे रु भन्ने विषय सवैको चासोको विषय बन्छ नै । नेपाल विद्यार्थी संघको स्कुल इकाई समितिबाट राजनीतिक यात्रा प्रारम्भ गर्दा भुपेन्द्रजङ्ग शाही श्री पन्चदेब उमाबी मान्म कालिकोट कक्षा ६ मा अध्ययन गर्थे । मावि तहमा अध्ययन गर्दा–गर्दै उनी स्कुल इकाई सदस्य, उपाध्यक्ष र अध्यक्ष हुदै जिल्ला सदस्य भए । २०५४ सालमा नेवि संघका जिल्ला सचिव भएका शाही उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष भए ।

नेपाल कमर्स क्याम्पसमा अध्ययन शुरु गरेपछि शाहीलाई थप जिम्मेवारी आएको थियो । क्याम्पसमा उनी स्ववियु सदस्यमा निर्वाचित भए । नेबिसंघ कालिकोट–काठमाडौं सम्पर्क समितिका अध्यक्ष भएर सामाजिक जीवनमा प्रवेश गरेका शाही कर्णाली कै साझा मञ्चको रुपमा रहेको कर्णाली विद्यार्थी हित समितिका सभापति पनि भए । तीन कार्यकाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेपछि उनी २०६४ सालमा नेबिसंघको केन्द्रीय उपाध्यक्ष भए ।

विद्यार्थी राजनीतिबाट निकै चर्चामा आएका शाही नेबिसंघको केन्द्रिय अध्यक्ष बन्ने निकै सम्भावना हुँदा हुँदै पनि उनको समयमा महाधिवेशन नै हुन सकेन तर शाही विद्यार्थी नेता हुँदा नै पार्टीबाट २०७० को संविधानसभामा कालिकोटबाट उम्मेदवार बन्ने मौका पाए । जति बेलाका अध्यक्ष प्रदीप पौडेलले समेत टिकट पाएका थिएनन् । निर्वाचनमा पराजित भएपछि युबा नेता शाहीले हार खाएनन उनले निर्वाचनमा जनताको बीचमा बोलेको बाचा पूरा गर्न हारे पनि जित्ने भन्दा दुईवटा काम बढी गरेर देखाउन जिल्लाको बिकासमा सक्रिय भएर लागे । शाहीकै नेत्तृत्वमा कालिकोटको बिकास, समृद्धि र समुन्नतिको लागि सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान पनि सुरु भएको हो। युबाहरु बीच निकै नै लोकप्रिय बनेका युबा नेता शाही २०७३ सालदेखि नेपाली कांग्रेसको मेरुदण्ड मानिएको युबाहरुको संगठन नेपाल तरुण दलको केन्द्रीय महामन्त्री बनेपछि युवा राजनीतिमा झनै सक्रिय भयर लागे।

नेपाली कांग्रेस कालिकोट–काठमाडौं सम्पर्क समितिको सभापति समेत रहिसकेका शाही तिन कार्यकालदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको समेत जिम्मेवारीमा रहेका छन् । विकासप्रेमी युवा नेता २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कालिकोटका सभासद्को प्रत्यक्ष उम्मेदवार बनेका शाही संगठनप्रतिको निष्ठा र सक्रियताकै कारण चुनाव लड्ने जिम्मेवारी पाएका हुन् ।

शाही नेपाली कांग्रेसमा सानै उमेरमा सभासद्को प्रत्यक्षतर्फको टिकट प्राप्त गर्ने भाग्यमानी युवा नेता मानिन्छन् । तर, पार्टीभित्रकै अन्तरकलहका कारण उनी विजयी भने हुन सकेका थिएनन् । यसैगरी २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेसले शाहीलाई नै प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको थियो तर दुर्भाग्य यो पटक बाम गठबन्धन उनलाइ बाधक बन्यो । उनी पराजित भए पनि २०७० मा साढे आठ हजार मत प्राप्त गरेका थिए, भने २०७४ मा दोब्बर मत साढे सोह्र हजार मत प्राप्त गरेका छन्, यसबाट कालिकोटमा उनको लोकप्रियता बढेर गएको सजिलै बताउन सकिन्छ।

अहिले आफ्नो निवार्चन क्षेत्रमा झनै लोकप्रिय बन्दै गएका छन्।अर्को पटक युवा नेता भुपेन्द्रजंग शाहीको जित सुनिस्चित भएको सबैले अनुमान गर्न थालेका छन् । युबा नेता शाही राजनीतिमा मात्र नभएर लेखनमा पनि उत्तिकै सक्रिय छन् । उनले तराजुमा माया र लासहरु वस्ती गजल संग्रह प्रकाशित गरिसकेका छन् । त्यस्तै उनका ‘बन्दीगृह’ उपन्यास, नेवि संघ विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका प्रकाशित छन् । ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

बेलाबेलामा राष्ट्रिय दैनिकहरुमा उनका लेखहरु पनि प्रकाशित भईरहेका छन् । थुप्रै गीतहरुको पनि रचना गरेका शाहीले कांग्रेसको इतिहास समेटिएको गीत तथा नेबिसंघ नेबिसंघ हाम्रो नेबिसंघ भन्ने चर्चित गीत पनि शाहीले नै निर्माण गरेका हुन् । यसका साथसाथै सामाजिक सेवामा पनि निकै काम गरेका छन उनले । कमलो हृदय भयका शाहिले निशुल्क छात्रवृत्ति, स्वास्थ्य शिविर लगायतका सामाजिक कार्यहरु पनि थुप्रै गरेका छन् । उद्धार दिलका शाहीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । शाहीले कालिकोटका एक जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनको प्रबन्ध गरेका छन् ।

त्यसैगरी, पत्रकार महासंघसँगको सहकार्यमा वर्षेनी एक जना पत्रकारलाई लेखनवृत्तिबापत पुरस्कृत गर्ने उनको योजना अनुसार एक लाखको अक्षयकोष स्थापना गर्न शाहीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । लकडाउनको समयमा हजारौ असाहय र अप्ठ्यारो परेका नागरिकहरुलाई खाद्धन्न सहयोग गरेका छन्। डा.ललितजङ्ग शाहीसँगको सहकार्यमा इटालीबाट चिकित्सकको टोली बोलाएर कालिकोटमा स्वास्थ्य शिविरको आयोजना गरेका शाही जिल्लामा निरन्तर सामाजिक कार्य र विकासका काममा सधै सक्रिय हुने नेता हुन् । प्रतिगमन बिरोधि आन्दोलनमा पटक पटक

by-  freshnewsnepali