संसद छल्दै अध्यादेश ल्याउनु गलत छ : गगन थापा

 भाद्र  २,काठमाण्डाै । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ –‘संसद अधिवेशन हठात् अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत,आज गलत,सधैं गलत,जसले गरे पनि गलत ।’

नेता थापाले हिजो केपी शर्मा ओलीले यसरी अध्यादेश ल्याउँदा गलत भन्ने र त्यस विरुद्ध उभिने जो कसैलाई पनि आज अध्यादेशको समर्थन गर्ने हक नभएको बताउनु भएको छ । यदि अहिले अध्यादेशको समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने थापाको भनाइ छ ।

यस्तै, उहाँले लेख्नु भएको छ– ‘यसअघि यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’