चैत २२ कालिकोट। कर्णाली नदीमा माछा मार्नको लागि पासो थाप्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । कालिकोट अन्तरगत कर्णालीमा नदीमा माछा मार्नको लागि पासो थाप्न गएको समयमा डुबेर मृत्यु भएको हो ।
प्रहरी चौकी लालुखुलालु कालिकोटका अनुसार सोमबार राती साढे ९ बजेको समयमा नरहरिनाथ गाउपालिका–८ स्थित कर्णाली करिडोरको पुल भन्दा १० मिटर तल कर्णाली नदिको किनारमा माछालाई पासो थाप्न गएका ४० वर्षीय पुर्णबहादुर विष्टको डुबेर मृत्यु भएको छ ।
उक्त दिन विष्ट घर नआएपछि आफन्तले खोजी गर्दा नदिको किनारमा कपडा र चप्पल मात्रै फेला परेकोले खोजतलासको लागि प्रहरीलाई निवेदन दिएका थिए ।
karnalipress
२२ चैत्र २०७८, मंगलवार १९:५१