माधव नेपाल भन्छन्– ३ साउनमा अर्को षड्यन्त्र असफल पार्‍यौं

श्रावण ९ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको बताएका छन् । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको उनको आरोप छ ।

 

तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै उनले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना (देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल)लाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’