गाउँपालिका अध्यक्षले दिए राजीनामा

बैशाख १०,कालिकोट। स्थानिय तहको निर्वाचनको मनोयन पत्र दर्ताको समय नजिकिदै गर्दा पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले राजिनामा दिएका छन्।

पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने समक्ष शुक्रवार राजिनामा दिएका हुन्। आगामि स्थानिय तहको निर्वाचनका आकांक्षि रहेका सेजुवालले जनताको हितमा काम गरेको र पुन गाउँपालिकामा जनताको माग र पार्टीले गर्ने निर्णय अनुसार सेवा गर्ने प्रतिवद्धता सहित राजिनामा दिएको बताएका छन् ।

२०७४ सालको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचन भए पछि पहिलो हुदा सबै काम जिराेबाट सुरुगरि धेरै चुनाैतिकाे चाङमा आँखा चिम्लेर धेरै राम्रो काम गरेकाे बताउदै कुनै पनि ब्याक्तिगत चाहनाकाे मात्रै सवाल नभइ फेरि पनि पार्टीले जिम्मेवारी दिएमा अव अनुभव लिई सकेकाले पचालझरना गाउँपालिकालाई  माेडेल गाउँपालिका बनाउने बताए ।

यस अघि गाउँपालिकामा गर्नुपर्ने काम कार्वाही तथा गतिविधिको उचित व्यवस्थापन सहित निति नियम तय गरेका सेजुवालले पचालझरना गाउँपालिकामा ५ वर्ष सम्म भौतिक पूर्वाधार तथा विकास निर्माणका साथै स्वस्थ्य शिक्षा, रोजगारीमा महत्वपूर्ण काम गरेको पाईएकाे छ ।

राजिनामा पत्र