कर्णाली प्रेस असोज २५, कालिकोट। सामाजिक सेवा केन्द्र सोसेक नेपाल मापदण्ड विपरित संचालनमा छ। कालिकोट जिल्लामा सेवा दिदै आएको सोसेक नेपाल महिला र बालबालिका विषयमा सम्वेदनसिल बन्न नसकेको हो। महिला र बालबालिका केन्द्रको रुपमा कामगर्ने र मनोपरामर्स दिन राखिएकी एक महिलाको मृत्यृले महिला र बालबालिका केन्द्रको मापदण्ड अनुसार संचालन हुन नसकेको हो।
गत भाद्र २२ गते मान्म बजारबाट ४ वर्षीय छोरासहित गिता जैसी बेपत्ता भएकि थिइन्। त्यसको केही दिन पछि २४ गते नेपालगन्जमा फेलापरेकी गितालाइ कालिकोट ल्याईएको थियो। त्यस यता सामाजिक सेवा केन्द्र सोसेक नेपालले संरक्षणमा राखेको थियो।
कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी- १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसीले सोसेकको कार्यलयमै सुसाइड गर्दा । सुसाइड नोट लेख्दा आत्महत्याको लागि सहयोग गर्ने खालका सामग्री राखेको पाहिएको छ। सोसेकको कार्यालयमा ठूला ढुङ्गा,आत्महत्या गर्न प्रयोगहुने सामग्री, किला लगाएतका सामग्री राखेको पाहिएको हो।
हत्यापछि पनी प्रहरी र प्रशासनले अनुगमन सुरु गरेको छैन्। अहिले माइती पक्षले सोसेक नेपालको कार्यालय र जिम्मा लिने ब्याक्तीको विषयमा छानविन हुनुपर्ने बताएका छन्। अहिले पनी बालबालिकालाइ मापदण्ड विपरित राख्ने गरेको छ।
यो विषयमा प्रहरीले कुनै चासो दिएको छैन । सुरक्षाको लागि राखिएकी महिलाको मृत्यृ हुदा पनी दोशी देखिने सोसेक नेपालको कार्यालयमा अनुगमन नभएको माइतीका आफन्तको भनाइ छ। गिता मृत्यृ गर्न बाध्य बनाइएको माइतीको भनाइ छ। उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसायगर्दै आएका शाहीले पटकपटक हिंसा दिदै आएका थिए।
उनले आत्महत्या गरेको दानबहादुरले दिएको पिडाले भएको स्थानीयको भनाइ छ। उनले आफुलाइ आत्महत्यागर्न बाध्य बनाउने हरुको नाममा सुसाइड नोट लेखेकी थिइन्। उनीहरुलाइ पनी कुनै अनुसन्धान नगरेको आफन्तको भनाइ छ। दानबहादुरले गीतालाई गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएकका थिए । मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन्।
यस्तो घटना हुनुमा दुखद भएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताए। उनले बास्तवीक तथ्य कुरा प्रहरीको अनुसन्धाबाट हुने बताए। प्रहरीको अनुसन्धानमा दोसी उमकीन नपाउने डिएसपी अजुर्न केसीले बताए। माइती र पोइली पक्षमा जानेबाटो केही नदेखेको काराण मृत्यृ भएको बताइएको छ।
karnalipress
२५ आश्विन २०८०, बिहीबार १९:०८