
पुस २१,मान्म । बलात्कार पछि हत्या भएको निरु विककाे न्यायका लागि क्यान्डल मार्च गरिएको छ। कालिकोटको खाँडाचक्र नगरपालिका–६ गोरालवाडा की १६ बर्सिया किशोरी निरु विकको बलात्कार पछि हत्या भएको घटना अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै न्यायका लागी क्यान्डल मार्च गरिएको हो।
चे फोर्स नेपाल कर्णाली प्रदेशका बिग्रेड कमान्डर हिक्मतजंग मल्ल, सुनिल शाही लगायतले निरु विक बलात्कार पछि हत्या भएको घटनाका दोषीलाई तत्काल छानबिन गरी कारबाही गर्न माग गर्दै क्यान्डल मार्च सुरु गरेका हुन्।
बुधबार कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म बजारको प्रतिमाचोकमा क्यान्डल मार्च अभियान सुरु गर्दै बलात्कार पछि हत्या जस्ता जघन्य अपराध गर्ने अपराधी पहिचान गर्न माग गरेका छन्।
२०७८ साल भदौ ४ गते मेला हेर्न गएकी १६ बर्सिया किशोरी निरु विकलाई बलात्कार गरी शरीरको आधा भाग कपडा मात्र रहेको अवस्थामा भदौ ७ गते घर नजिकैको मकै बारीमा शव फेला परेको थियो।
कक्षा ९ मा अध्ययनरत छात्रा निरु विकको बलात्कार पछि हत्या भएको १ बर्ष ४ महिना बितिसक्दा पनि उक्त घटनाका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन्।
दलित किशोरीको बलात्कारपछि भएको हत्याको घटनालाई प्रहरीले गम्भीर रूपमा नलिँदा पीडित परिवार भने असुरक्षा महसुस गरिरहेको बताइएको छ। क्यान्डल मार्च सँगै ब्यानर पम्प्लेटमा न्यायको माग गरिएको छ। by- नागरिक
karnalipress
२१ पुष २०७९, बिहीबार ०७:१६