काठमाडौँ, २३ माघ । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ ।
ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककाल देखि चलिआएको छ ।
ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
सरस्वती पूजाकै दिन नाबालकले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ ।सङ्गीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ ।

karnalipress
२३ माघ २०७८, आईतवार ०७:०८