असोज १४,काठमाडौं। नेकपा एमाले बागमति प्रदेश कमिटीले पुर्णता पाएको छ । एमाले बागमतिले ४७६ सदस्यीय कमिटी गठन गरेको हो । आनन्दप्रसाद पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सवैभन्दा माथिल्लो बरियतामा रहनुभएको छ । शाक्यपछि रामबहादुर थापा, बादल इञ्चार्ज रहनुभएको छ ।
बागमती प्रदेश सरकारमा मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यलाई शीर्ष स्थानमा राखेर कमिटीलाई पूर्णता दिइएको अध्यक्ष पोखरेलले बताउनु भयो । त्यसैगरी, सहइन्चार्जहरूमा काशिनाथ अधिकारी, अरुण नेपाल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, बागमतिका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल लगायतलाई समेटिएको छ ।
एमालेकी केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी भन्दा माथिल्लो तहमा समेटिएको छ । एमालेको बागमती प्रदेश कमिटीमा समेटिएका सबै सदस्यले असोज १५ देखि सुरू हुने विधान महाधिवेशनमा सहभागी हुन पाउने छन ।
(सूची)
karnalipress
१४ आश्विन २०७८, बिहीबार १८:४९