बैशाख१०,कालिकोट । कालीकोट जिल्लामा आईतवार राती परेको असिना पानीले ठुलो क्षती पुगाएको छ । स्याउको पकेट क्षेत्रका रुपमा परिचित तिलागुफा नगरपालिका वडानं १, २,३ र ४ मा असिना पानीले ठुलो क्षती पुगाएको हो ।
तिलागुफा १ का धनिराम वुढाले पानीसंगै आएको असिनाले स्याउका सबै फुल झारेको बताए । उनले यसपाली स्याउँ राम्रो फलेको थियो । पुरै रुख लटरम्म भएका थिए । के गर्नु एक घण्टा आएको असिनाले पुरै रुख रित्ता बनायो वुढाले गुनासो गरे । वडा नं ३ का अध्यक्ष सुर्यवहादुर शाहीले असिनाको दाना निकै ठुलो आएकाले स्याउका फुल मात्र होइन पात समेत झारेको बताए ।
मोवाईलमा असिनाको फोटा देखाउदै अध्यक्ष शाहीले यसपाली हिमपात भएकाले असिना आउदै होला सोचेका थियौँ । धेरै हिमपात भएको वर्षमा असिना पदैन भन्ने स्थानीय किसानको अनुभव छ । किसानको अनुमान यसपाली फेल भएको छ । जलवायु परिवर्तनका कारणले गर्दा अहिले उल्टो भईरहेको छ । तर सबै भन्दा वढी आयो ।
गैरा अलि खोल्सा परेको हावाले चुकाएको ठाउँमा स्याउका केही वोटका फल जोगिएका छन । अरु त पुरै लियो अध्यक्ष शाहीले भने । उनले अव सरकारले स्याउँका वगैँचा छोप्ने प्रबिधि सहयोग गर्नु पर्ने सुनाए । अव आउने सरकारले वगैचाको सुरुक्षा दिने खालका प्रबिधि किसानलाई दिएको खण्डमा मात्र किसानलाई राहत हुने बताए ।
तिलागुफा नगरपालिका वडा नं १ का अध्यक्ष दलवहादुर कटुवावले वैशाख र कार्तिकमा असिना आउने भएकाले कुनै पनि मौसममा किसानले आफ्नो फल नपाएको सुनाए । तिलागुफा नगरपालिका वडा नं १, २, ३, ४, ६, ९,१० र ११ मा राम्रो स्याउ उत्पादन हुन्छ । असिनाले यि सबै क्षेत्रमा ठुलो क्षती पुगाएको नगरपालिका कृषि शाखाले जनाएको छ । शाखाका कर्मचारी जयवहादुर शाहीले असिनाले स्याउँमा क्षती पुगाएको खवर आएको छ ।
क्षतीको बिवरण एकिन गरिरहेको र त्यसपछि शाखाले के सहयोग गर्न सक्छ गर्ने बताए । उनले किसानलाई अव स्याउका वोटको पनि बिमा गराउनु पर्ने बताएका छन् ।
karnalipress
१० बैशाख २०७९, शनिबार ०९:५०