आपतकालिन प्रतिकार्यका लागि १ करोड २६ लाख

जेष्ठ १९,कालिकोट। नेपाल रेडक्रस कालिकोट जिल्ला शाखाले आपतकालिन प्रतिकार्य कार्यक्रमका लागि १ करोड २६ लाख खर्च गर्ने भएको छ । रेडक्रसले जिल्लाको नरहरीनाथ गाउँपालिकासंगको साझेदारीमा सो वजेट खर्च गर्न लागेको हो । एकिकृत पुनर्लाभ तथा आपतकालिन प्रतिकार्य कार्यक्रम दोस्रोवाट बिपदमा ध्वस्त भएका संरचना निमार्णका लागि यस वर्षमा १ करोड २६ लाख नौ हजार वजेट गाउँपालिकासंगको साझेदारीमा खर्च हुने शाखाले जनाएको छ ।

बुधवार नरहरीनाथ गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा शाखाले वाढीपहिरोवाट क्षती भएका संरचना निमार्णमा आफ्नो जोड रहेको जानकारी दिएको छ । शाखाका सभापति बलप्रसाद सज्यालले गत बर्षको वर्षातले क्षती पुगेको शान्ती माबिको भवन निमार्ण, वस्ती पुर्नरस्थापनामा सौचालय तथा खाने निमार्ण, बिद्यालयमा खानेपानी आपुर्ति,अति जोखिम क्षेत्रमा ग्याविन जाली लगाउने लगाएतका काममा गाउँपालिकासंगको साझेदारीमा आफ्नो तर्फवाट एक करोड २६ लाख नौ हजार खर्च गर्ने बताए।

उनले  भने हामीले गत वर्षपनि धेरै खानेपानी आयोजना निमार्ण,बिद्यालयका भवन,वाढीले ध्वस्त पारेका ढुङगेधारा निमार्ण,वाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको उल्लेख गदै यो वर्ष पनि केही वजेट आपतकालिन कोषमा राखेर पिडित परिवारलाई प्रदान गरिने बताए ।

नरहरीनाथ गाउँपालिकाले पहिले नै रेडक्रससंगको साझेदारीमा कामगर्दा कम्तीमा पनि एक आयोजनाको जम्मा लागतमा २० प्रतिसत देखि माथि वजेटमा साझेदारी गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर बिष्टले पहिलाको गाउँ सभाले निर्णय गरेकाले आफुलेपनि त्यसैलाई कार्यन्वय गर्ने भन्दै साझेदारीका लागि हात फैलाएकोमा रेडक्रस शाखा कालिकोटलाई धन्यावाद समेत दिए।

अध्यक्ष बिष्टले भने हामीले हाम्रो ठाउँको बिकास गर्ने भन्दै तपाईहरुको सहयोग यसरी भयो भने हामीलाई थप उर्जा मिल्ने र बिकासमा साझेदार गर्न आफ्नो नेतृत्वको सरकारपनि तयार रहेको बताए। लक्जम्बर रेडक्रसको सहयोगमा नेपाल रेडक्रसले वाढी तथा पहिरोमा धेरै क्षती भएको कालिकोटमा सहयोग गर्ने भन्दै गतवर्षवाट आपतकालिन प्रतिकार्य कार्यक्रम सञ्चालन गदै आएको छ ।

कार्यक्रमका संयोजक इन्जिनियर रवि लामिछानेले वाढी पहिरोले गर्दा सबै भन्दा वढि क्षती खानेपानीमा पुगाएकाले सबै भन्दा वढि वजेट खानेपानीमा रहेको र सरसफाईका काम पनि संगै जोडिएको बताए। उनले बिपदको सामना गर्न सरसफाई अति आवस्यक भएकाले त्यस क्षेत्रमा पनि केही वजेट रहेको भन्दै सबै गाउँपालिकाको रोहवरमा अति आवस्यक योजनाको छनोट गरेर तत्कान काम सुरु हुने सुनाए।

रेडक्रसका केन्द्रीय कार्यक्रम संयोजक सेरवहादुर कार्कीले आगामी वर्षमा पनि गाउँपालिकासंगको साझेदारी कामको प्रतिफल हेरेर कार्यक्रम थप गर्ने आफ्नो योजना रहेको बताए। रेडक्रस कालिकोट शाखाले गतवर्ष कोरोना रोकथाम,वाढी पिडितलाई सहयोग र विपदका कारणले भत्केका संरचनाको पुर्ननिमार्णमा समेत काम गरेको थियो ।