
असोज २२,कालिकोट। रास्कोट नगरपालिका-२ का १९ वर्षीेया किशोरी प्रतिभा ऐडि एक दिनका लागि उप-प्रमुख बनेकी छन्।अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपाल हामी दाजु भाइ मानव अधिकार तथा बातावरण बिकास केन्द्र (हुरुन्डेक) नेपाल कालिकोट लगायत संस्थाले संयुक्त रुपमा आयोजना गरेको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत coc क्लबकी अध्यक्ष रहेकी ऐडि लाई रास्कोट नगरपालिका कि उपप्रमुख मिमसरा बम शाही ले शुक्रबार एक दिनका लागि उपप्रमुख को पद हस्तान्तरण गरेकी हुन् ।
ऐडिले नगरपालिकाको न्यायीक समिति र पालिका स्तरीय बाल अधिकार समितिको संयोजकको हैसियतमा अनलाइनबाट हुने किशोरी हिंसाका विषयमा नगरपालिकाका उपप्रमुख मिमसरा बम शाहील , न्यायिक समिति सदस्य अमर सार्की र वडा अध्यक्ष देउसिगे कुमाल ,बिनोद शाही , अदलसिंह महतारा ,पञ्जिकरण शाखा का हुकुम शाही ,(हुरेन्डेक) नेपाल कालिकोट फिल्ड सुपर भाइजर गिरिन्द शाही , र coc सहजकर्ता पहलमान शाही, लाई डाकेर छलफल गरिन् । उनले साइबर क्राइमबारे नगरपालिका का सामुदायिक ,तथा नीजि विद्यालयमा साप्ताहिक रुपमा साइबर क्राइम र त्यसले पार्ने प्रभावबारे साप्ताहिक रुपमा बालिका तथा किशोरी हरु र बालिकाका अभिभावक हरुको भेला गरेर भिडियो प्रदर्शन गर्ने, जस्ता कार्य गर्ने साथै इन्टरनेटको प्रयोग र दुरुपयोगबारे पनि सोसल मिडिया को बारेमा जानकारी भएको ब्याक्ती सङ र यो ईन्टरनेट प्रयोग गर्दा कस्तो किसिम का कुराहरू लाई ध्यान दिनु पर्छ भन्ने कुराहरुको पनि अबका बालिका तथा किशोरीहरुलाई प्रस्ट्याउने पनि निर्णय गरेकी छ्न ।
नगरपालिकाकि उपप्रमुख शाही ले समुदाय मा बाताबरण अभाबका कारण लागानी गरेता पनि प्रतिफल ल्याउन सकेको छैन । बालबिबाह लाई न्यूनीकरण गर्न साझेदारी सस्था मार्फल र शिक्षा र स्वास्थ शाखा मार्फत सचेतना कार्यक्रम भैरहेका छ्न ।
अन्लाईन को बढ्दो प्रभाव का कारण बालबालिका तथा किशोरीहरु दुरुपयोग भैरहेको छ । यस्तो बाट बच्न सबैले आ-आफ्नो तहबाट लागि पर्न जरुरि हेरेको र विशेष गरि अभिभावकको भुमिका महत्त्वपूर्ण हरेको छ हाम्रो गाउँ घर को चलनमा पहिले पहिले अझत बाहुन जाती मा महिनावारी नहुनुभन्दा पहिला नै मागी बिबाह गर्ने प्रचलन थियो । हाल यस्ता क्रियाकलाप को परिवर्तन भएर किशोरी अवस्था मुक्त भैसके पछि गरिने बिबाह लाई प्रोत्साहन गर्ने अबधारणा ल्याएका छौ तापनी अभिभावक को चेतना छोराछोरी लाई छिटो बिबाह गरोस् भन्ने रहेको छ ।
यसलाई बालिका तथा किशोरीलाई मुलधारमा ल्याउन अन्लाईन माध्यम बाट सकारात्मक सोचका साथ अनलाइन को सदुपयोग गर्दै यसको उपयोगीता र अन्लाईन बाट हुने हिंसा बाट सुरक्षित बन्न जरुरी हरेको कुरा प्रष्ट पार्नु भएको छ ।
साइबर अपराधबाट किशोरीलाई कसरी जोगाउन सकिन्छ भन्ने बारेमा( हुरेन्डक) नेपालका फिल्ड सुपरभाइजर गिरिन्द शाहिले समाज परिवर्तन का लागि लामो समय पछि मात्र सफला मा पुग्ने र यसबाट हामिले अन्लाईन को पहुँच मा हरेका बालिका तथा किशोरीहरुलाइ अन्लाईन बाट हुने हिंसा का बारेमा जानकारी दिने बताए ।
अन्त्य मा वास्तविक उपप्रमुख ले लेटरहेड्मा प्रतिबद्धता पत्र प्रिन्ट गरेर नाम हस्ताक्षर र सस्थागत छाप लगाएर नगरपालिकामा राखिन ।अहिले प्रतिभा ऐडि खबर खोज मिडिया मा लामो समय देखि किशोरीहरुको पक्षमा काम गर्दै आइरहेकी छ्न।



karnalipress
२२ आश्विन २०७८, शुक्रबार १९:०५