कालिकोटमा हुने वृह्त आमसभा बारे पत्रकार सम्मेलन

 चैत्र १६,कालिकोट । कालिकोटमा भोली हुने बृहत आमसभा बारे एमाले कालिकोटको पत्रकार सम्मेलन,गरेको छ । नेकपा एमाले कालिकोटले भोली चैत्र १७ गते मान्ममा हुने वृहत आमसभा बारे पत्रकार सम्मेलन गरेको छ ।

प्रचार प्रसार समितिका संयोजक टेकबहादुर वुढाको सभाअध्यक्षतामा संचालन गरिएको सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनलको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य इन्दिरा संज्यालको विषेश आतिथ्यतामा पार्टी कार्यालयमा आमसभा बारे जानकारी गराइएको थियो । सम्मेलनमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपीशर्मा ओलीले सम्वोधन गर्नु हुने जनाइएको छ ।

ओली भोली दिउदो साढे एक वजे सदरमुकाम मान्मको आमसभालाई सम्बोधन गर्नु हुने समितिका अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिएका छन । आमा सभामा दश हजार कार्यकर्ता उतार्ने बताउदै, यसको लागी सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष बुढाले जानकारी गराएका छन । चुनावी आमसभामा अध्यक्ष ओलीले विभिन्न छाडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्ने छन ।

पत्रकारका विभिन्न प्रश्नहरुलाई प्रमुख अतिथि तथा केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनलले जवाफ दिएका थिए । कार्यक्रममा एमाले कालिकोट पार्टी अध्यक्ष जसीप्रसाद पाण्डे, उप सचिव मनराज शाही, सल्लाहकार संयोजक कमलराज बम, पार्टी कार्यालय सचिव दानबहादुर शाही निर्वाचन क्षेत्र (ख) का अध्यक्ष राजबहादुर बम सचिव प्रेम बुढा, अनेरास्ववियुका केन्द्रिय सदस्य गोकर्ण संज्याल र शन्तोश महराता लगायतका नेताहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनको संचालन प्रेस चौतारी नेपालका अध्यक्ष विश्वनाथ सिम्खाडाले गरेका थिए ।